Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, November 17, 2019

गजल : तिमीलाई कसरी भनौं

2 comments:

गजल
भएन प्रेमको जतन तिमीलाई कसरी भनौं
कति हुने हो जलन तिमीलाई कसरी भनौं

दायित्व आयो फेरि कुलको इज्जत जोगाउने
अन्तै जुराइयो लगन तिमीलाई कसरी भनौं

आखिरमा त सत्य लुकाएर लुक्ने होइन
दुखेको छ मेरै मन तिमीलाई कसरी भनौं

खाएका थियौ कसम सङ् संगै जिउने मर्ने
के आयो परिबन्धन तिमीलाई कसरी भनौं

यो परिस्थिति कस्तो दुइमा एउटा रोज्ने
रोक्किन लाग्यो धड्कन तिमीलाई कसरी भनौं

पूर्णिमा प्रतिविम्ब
२०७५-०८-०८




Read More
 
by K.D