Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, November 17, 2019

यात्रीको सपना

1 comment:
*यात्रीको सपना*

लक्ष्य एउटै बोकेर हिडेका
फरक यात्रि हामी
आफ्नो - आफ्नो बाटो समातेर
लम्किदैछौ गन्तव तर्फ !
:
कहिलेकाहीँ सोच्ने गर्छु,
सगैं हिड्न पाए .....
बाटो काट्न सजिलो हुदो हो ।
तिम्ले बुन्दै गर्दा छुटेका तानहरु
म छोपिदिन्थे ।
मैले बाट्दै गर्दा फुस्केका डोरिहरु
तिमी गासि दिन्थेउ ।
एउटै हुन्थ्यो जीवनको नक्सा
:
सगैँ हिड्दा तिमी र म
सगैँ दुख्थेउ कि ठेसलाग्दा ?
लाग्दैनथे होला हामीलाई
पहालहरू पहाड जस्ता !
घुम्तीहरू घुम्ती जस्ता !
दुखहरू दुख जस्ता !
:
कुनै मनमुटाव छैन हामी बिच
कुनै प्रतिस्पर्धा छैन हामी बिच
भएको धेर-थोर माया नै हो
तर
साहस छैन, सगैँ जाउ भन्ने
थाहा छैन, को पुग्छ पहिले
निश्चित छैन, भेट हुने नहुने
:
पुग्नु पर्ने एकै ठाउ हो ।
सजाएका सपना पनि उस्तै उस्तै त हुन्
कहिलेकाहीँ दोभानले ...
कहिलेकाहीँ दोबाटोले ...
भेटाउन पनि सक्छ हामीलाई !
त्यो बेला तिमीलाई सोध्ने
मेरो एउटै प्रश्न हुनेछ
:
प्रिय ! नढाटि भन
हिड्दा हिड्दै कुनै पल
तिमीलाई सहयात्रा गर्ने रहर
लाग्यो कि लागेन ??

पूर्णिमा प्रतिबिम्ब
(2074-09-11)
Read More
 
by K.D