Wednesday, February 12, 2020

कविता : प्रेमको तौल


प्रेमको तौल


फेरे पनि सास
मुटु चलेको भान हुदैन ।
हुदा नि हराभरा वसन्त
छर्दैनन् फूलहरुले सुवास, मनकाे बगैंचामा
रोकिदैन वेचैनि हुरि
बहदैन सितल पवन कतै
फुट्दैन मायाका मुलहरु
तिमी बिना !

तिम्रो अभावको जिन्दगी
मरुभुमिमा रोपेको बिरुवा जस्तो !
यो सत्य हो कि
तिमी मुटुको चाल सगैं धड्किरहेछौ !
यो साचो हो कि
म तिमीलाई-आफुलाई भन्दा बढि माया गर्छु
मेरो प्रेरणा नै तिमी हौ !
कुनै माइक्रो सेकेन्ड छैन तिमीलाई बिर्सेको !

तिमी संग प्रेम भए पश्चात्
यस्तो लाग्छ इश्वरले हाम्रो जन्म
एक अर्काको लागि गराएका हुन्
उनै इश्वरको मुर्तिमा पनि
म तिम्रै प्रतिविम्ब देख्छु !

तर , बिन्ती ! 
कुनै बेला
मलाई प्रश्न नगर्नु
कति माया गर्छौ ? भनेर
त्यो बेला म शब्द बिहिन हुनेछु ...!




Share this article :

3 comments:

Comments
3 Comments
  1. Lucky 8 Casino - MapyRO
    Find all information and best deals of Lucky 8 Casino in 대구광역 출장마사지 Fort Worth, TX. 여수 출장안마 Check 양산 출장샵 out our reviews and find the best deals for Lucky 8 Casino 순천 출장마사지 in 수원 출장마사지 Fort Worth, TX.

    ReplyDelete

 
by K.D