Monday, November 18, 2019

म पनि बोक्सी बन्न चाहन्छु


पूर्णिमा प्रतिविम्ब 


विज्ञान–प्रविधिको आजको युग, एक्काइसौं शताब्दीका मान्छे हामी अझै पनि विभिन्न कूप्रथा, कुरितिलाई अङ्गालेर बसेका छौँ । मान्छे चन्द्रमामा पुगिसके, कति प्रविधिको आविष्कार गरिसके, मान्छेले नै कति प्रगति गरिसके, हामी भने रुढीवादको पट्टी आँखामा बाँधेर बसेका छौँ । यस्ता सामाजिक कूरितिले अझै पनि जरो गाडेको देख्दा हाँसो छुट्छ । गहिरिएर हेर्ने हो भने मुटु कँुडिन्छ । समाजमा यस्ता अनेकौं अन्धविश्वासले जरा गाडेर बसेका छन् । तीमध्ये एक हो—बोक्सी प्रथा ।
बोक्सी भनेको के हो ? कस्लाई भनिन्छ ?कसरी भइन्छ बोक्सी ? बोक्सीको आरोपमा घटेका घटना देख्दा र सुन्दा मानसपटलमा यस्तै प्रश्न घुमिरहन्छन् । विज्ञानले गलत सावित गरेको यो कूरितिप्रति शिक्षित भन्नेहरुकै किन मोहभङ्ग हुँदैन ? गरीब, दुखी, एकल महिला, बृद्धा, सामाजिक रुपमा अपहेरित, समाजमा दबिएर बोल्न नसक्नेहरुलाई लगाइने आरोप हो बोक्सी ।
बच्चा बिरामी भयो, गाइवस्तुले दुध दिएन वा कम दियो भने बोक्सी लाग्यो, फलिरहेको बोट एक्कासी सुक्यो बोक्सी लाग्यो, बोटमा फल लागेन बोक्सी लाग्यो । राति सुत्दा बिस्तारा असजिलो भयो, शरीरमा एलर्जी भयो । यी सबै कुरामा भनिन्छ, ‘बोक्सी लाग्यो ।’ यदि साँच्चिकै बोक्सी हुन्थे भने आफूलाई हिंसा गर्ने, तिरस्कार र अपमान गर्ने व्यक्तिलाई दुख दिन्थे होला, किन निर्दोष पशुचौपाया, बोटविरुवा, बालबालिकालाई दुख दिन्थे होला ?
बिरामी भएको बच्चालाई औषधी उपचारको लागि अस्पतालतर्फ नलगी झारफुक र झाँक्रीकोमा लगिन्छ । कहिलेकाहीँ सामान्य जडिबुटीले ठीक भइहाल्छ । यदि केही तलमाथि भयो भने झाँक्रीले भन्छ, बोक्सीले कलेजो नै खाई सकिछे, कडा छ, बचाउन सक्दिनँ ।’ अनि, स्नातकोत्तरको खोस्टो दराजमा थन्काएका विद्धान पनि समर्थनमा टाउको हल्लाउँछन् । कतिलाई लाग्छ, यो गलत हो । तर, कूरितिले जेलिएको समाजसामू नतमस्तक हुन्छन् ।
गाईवस्तुलाई समय र मात्रा मिलाएर उनीहरुलाई आहारबिहार दिइएन । पशु स्वास्थ्यको ख्याल गरिएन, विभिन्न संक्रमणप्रति सचेत भइएन भन्ने ठान्दैनन् । बरु, झारफुकतिर लाग्छन् । प्राणी सबै स्वास्थ्यमा गडबडी आउँदा बिरामी हुन्छन् । बोटविरुबालाई पनि हामीलाई जस्तै पोषक तत्व चाहिन्छ, हाम्रो ध्यान त्यता जाँदैन, हाम्रो दिमागले भन्छ, ‘फूल फुलेर फल लागेन, बोक्सी लागेकै हुनुपर्छ ।’ हाम्रा बा–आमा अन्नको पीण्ड पार्छन् र डिग्री होल्डर छोरालाई भन्छन्, ‘जा बाबू, झाँक्रीकहाँ गएर फुकेर ले ।’ छोरो सवाल जवाफ आवश्यक ठान्दैन, पीण्ड बोकेर हिँड्छ झाँक्री बाकहाँ ।
झाँक्रीले आफ्नो पेशा जोगाउन तिनै बोल्न नसक्ने आफ्नो आवाज उठाउन नसक्नेमाथि दोषको भारी थुपारिदिन्छ । अनेक आरोप प्रत्यारोप लगाउँछ, अनि समाज भन्छ, ‘उ बोक्सी नै हो ।’ कुटपिट गर्ने, दिशा खुवाउने, गाउँ निकाला गर्नेजस्ता अमानवीय अत्याचार त्यही झाँक्रीको आदेश र शिक्षित भन्नेहरुको रोहवरमा हुन्छ । नेपालमा कतै कम र कतै बढी होला । तर, सबै ठाउँमा यो कूरिति र बर्वरता कायमै छ ।
किन लाग्दैन धनी, प्रतिष्ठित, शिक्षित व्यक्तिहरूलाई बोक्सीको आरोप ? यस्तो व्यवहार किन सधैं अशिक्षित, गरीब, दुखी, एकल महिलामाथि गरिन्छ ? किनकि, उनीहरु आवाज उठाउन सक्दैनन् । बोल्न सक्दैनन्, प्रतिकार गर्न सक्दैनन् । समाजमा त्यसको फाइदा उठाउँछ झाँक्रीले । आफ्नो पेशा जोगाउँछ, अनि समाजलाई बनाउँछ मूर्ख । अनि, भन्छ, ‘फलानीले बोक्सीको मन्त्र सिकिछे, फलानीले मन्त्र सिकाउँछे ।
समाज हो यो ? जहाँ सूरक्षा मिल्दैन । मानवीय परिभाषामा समाज मानिसको उन्नत समूह हो, विकास र साझेदारीको मेरुदण्ड हो । तर, हामीकहाँ समाज नै हिंसाको साधन बनेर उभिन्छ । समाजकै हिंसा, दुव्र्यवहारका कारण मानसिक सन्तुलन गुमाउने धेरै छन् यहाँ । अनि, त्यही समाज बोक्सी–मन्त्र सिक्न नसकेर बौलाइछ भन्ने पगरी गुथाई दिन्छ ।
म पढेलेखेकी, समाजले शिक्षित ठान्नेलाई त अनेक डर देखाइन्छ यहाँ । निष्ठा, आदर्श र मर्यादाको दायराभित्रबाट गरिने कैयौं कर्मलाई पनि अंकुश लगाउँछ समाज । अनेक विधि विधानका नाममा यातना दिइन्छ । परम्पराको कुरा गरिन्छ, ग्रन्थ र संस्कारको सिरानी हालिन्छ । हामीलाई त यस्तो छ भने गाउँका अशिक्षित, गरिब महिलामाथि कति टर्चर होला ? यो सबै महिलालाई दबाउनलाई रचिएको रिवाज हो । हुन त आज जति बोक्सीको आरोपमा महिला पीडित भएका छन् । त्यसको कारण पुरुष मात्रै होइनन्, महिलाहरुलाई नै महिलामाथि शोषण गर्ने माध्यम बनाइँदैछ ।
कोही मन्त्र सिकेको भरमा बोक्सी हुने र अरुलाई टूनामुना लगाउने, दुख दिन सक्ने, डस्न सक्ने, मार्न पनि सक्ने भए किन दाइजोको नाममा घरेलुु हिंसा सहेर मृत्युको मूखमा पुग्छन् तिनै महिला ? किन छाउघरमा अवोध बालिका बलात्कृत हुन्थिन् ? किन लुटिन्छन् छोरीचेली दिन रात नभनी ? यस्तो हँुदा एउटी नारी मन्त्र सिकेर पीडकलाई सजाय दिन सक्थिन् नि । आफ्नो छोरी, बुहारी, नन्द, अमाजूको दर्दनाक हत्या गर्नेलाई ठाउँको ठाउँ डस्न सक्थिनन् र ?
सबैलाई डस्न, मार्न, दुख दिन सक्ने बोक्सीले झाँक्रीले ढ्याङ्ग्रो ठोक्दा, झीरले रोप्दा चाहिँ के हेरेर बस्छिन् होला ? बोक्सी भनिएका महिलासँग त्यो मन्त्र र क्षमता हुन्थ्यो भने सबैभन्दा पहिला झाँक्री मार्ने थिइनन् होला ? आफूलाई दुख दिनेलाई केही गर्न नसक्ने महिलाले आफ्नै साथी, इष्टमित्रलाई चाहिँ कसरी डस्न सक्छे ? आजसम्म कसैले यसरी सोचेको छ त ?
देशमा भ्रष्टाचार व्याप्त छ, महिलाहरु बलात्कृत छन् । गरीबी र बेथितिले सीमा नाघेको छ । डोरी, डकैतीका घटना उस्तै छन् । पुलिसले समातेर अदालत लगे प्रमाण पुग्दैन । यस्ता भ्रष्टाचार शानका साथ छाति फुलाएर हिँडिरहेका छन् । यिनीहरुलाई नियन्त्रण गर्नुछ, सवक सिकाउनु छ, सदाचारको दाम्लोले बाँध्नु छ । के साँच्चै बोक्सीको मन्त्र सिक्न पाइन्छ ? मन्त्र सिकेर यस्ता भ्रष्टलाई डस्न सकिन्छ ? सकिन्छ भने समाजको सदाचार, सुशासन र न्यायका लागि म पनि बोक्सी बन्न चाहन्छु ।


https://www.ujyaalonepal.com/3622/
Share this article :

2 comments:

Comments
2 Comments
  1. Merkur Futur Adjustable Safety Razor - Sears
    Merkur Futur Adjustable febcasino.com Safety Razor https://deccasino.com/review/merit-casino/ is 토토 the perfect balance of casino-roll.com performance, safety, and comfort. Made in Solingen, Germany, https://septcasino.com/review/merit-casino/ this razor has a perfect balance of

    ReplyDelete
  2. The genres are diversified, so you can to|you possibly can} decide the one which seems the most interesting to you. Let your appreciations guide you - there aren't any wrong decisions right here. Wildz Casino is home to a wide variety|all kinds} of on-line on line casino games, that includes titles developed by a number of the} premier software program homes corresponding to Play’n GO, Microgaming, NetEnt, and many of|and a lot of} extra. With an actual cash game, corresponding to real cash video poker video games, 온라인카지노 you should enter a stake and place a guess.

    ReplyDelete

 
by K.D